News
हाम्रो धरान भेट्रान्सलाई उपाधि
बिराटनगर । उत्कृष्ट जितका साथ तेस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि हाम्रो धरान भेट्रान्स क्लब, सुनसरीले जितेको छ । फाइनलमा हाम्रो धरान भेट्रान्सले आयोजक मिल्स भेट्रान्स क्लब, मोरङलाई ३–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।a
विजेता बनेको हाम्रो धरान भेट्रान्सले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता मिल्स भेट्रान्सले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । हाम्रो धरानका पदम राई फाइनल खेलको म्यान अफ दि म्याच समेत चुनिए ।
अन्य विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मिल्स भेट्रान्सका जय दोवकोटा घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार मिल्स भेट्रान्स कै कृष्ण शाक्यले हात पार्दा उत्कृष्ट गोलरक्षक हाम्रो धरानका बिकास लामा चुनिए ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय