काठमाडौं । दोस्रो गोदावरी मेयर कप उपत्याव्यापी अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनलमा काठमाडौंले आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा हराउँदै उपाधि चुम्न सफल भएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट पनि नतिजा निस्किन सकेन । अन्ततः सडन डेथमा काठमाडौं विजयी बन्यो ।
विजेता बनेको काठमाडौं महानगरपालिकाले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता आयोजक गोदावरी नगरपालिकाले ३ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।
विधागततर्फ उत्कृष्ट गोलरक्षक गोदावरीका विवेक सिलवाल बन्दा उत्कृष्ट डिफेन्डर सरोज तामाङ बने । उत्कृष्ट प्रशिक्षक काठमाडौंका सन्तोष न्यौपाने बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार गोदावरीका अरुण लामाले हात पारे ।
त्यस्तै इमर्जिङ प्लेयर गोदावरी कै समिर तामाङ बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी गोदावरीका पासाङ तामाङ घोषित भए । फेयर प्ले पुरस्कार भने मध्यपुर ठिमी नगरपालिकाले हात पार्यो ।
गोदावरी नगरपालिकाको आयोजनामा गत बैशाख २० गतेदेखि शुरु प्रतियोगिताको विजेता, उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका महामन्त्री गगन थापा, सांसद उदय राणा लगायतले पुरस्कृत गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै