News
भारतसँग निराश नेपाल, सेमिफाइनलमा बंगलादेशसँग खेल्ने
काठमाडौं । जारी साफ यु–१९ च्याम्पियनसिपको समूह चरणतर्फको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग निराशाजनक हार बेहोरेको छ ।
अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालले भारतसँग ०–४ को हार बेहोरेको हो । यो नतिजासँगै २ खेलबाट ६ अंक जोडेको भारत समूह बी को विजेता बन्दा ३ अंक जोडेको नेपाल समूह उपविजेता बन्यो ।
अब सेमिफाइनलतर्फ नेपालले समूह ए को विजेता बंगलादेशको सामना गर्नेछ भने भारतले समूह ए को उपविजेता माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनल खेलहरु आउँदो जेठ २ गते शुक्रबार हुनेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल