काठमाडौं । आफ्नो पहिलो खेलमै उत्कृष्ट जित हात पारेको नेपाल पहिलो खेलको नतिजाबाटै जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालसँगै समूह बी बाट आयोजक भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
अ रुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालका लागि लक्षु थापा, सुबास बम, विज्ञान खड्का, धर्बेन्द्र कुँवर र सुजल डंगोलले गोल गरे ।
आइतबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ५–० को फराकिलो जित निकाल्यो । प्रतियोगितामा श्रीलंकाको यो लगातार दोस्रो हार थियो । यसअघि श्रीलंकाले आफ्नो पहिलो खेलमा भारतसँग ८–० को हार बेहोरेको थियो । एक–एक खेलबाट समान ३–३ अंक जोडेका भारत र नेपाल समूह बी तर्फ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् र अन्तिम चारमा स्थान पक्का गरेका छन् ।
अंकविहीन श्रीलंका भने पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ । अब मई १३ तारीखका दिन हुने समूह बी तर्फको अन्तिम खेलमा नेपाल र भारत बीचको खेलको नतिजाले समूहको विजेता तथा उपविजेताको टुंगो लाग्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल