News
तेस्रो मिल्स भेट्रान्स गोल्डकप शुरु
विराटनगर । तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उद्घाटन दिनको पहिलो खेलमा हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान र युनाइटेड भेट्रान्स फुटबल क्लब विराटनगरले ०-० को बराबरी नियमित समयमा खेलेका थिए र पेनाल्टी सुटआउटमा हाम्रो धरान भेट्रान्स फुटबल क्लब ४-२ को अन्तरले युनाइटेड भेट्रान्स फुटबल क्लब विराटनगरलाई हराउँदै नेक्स्ट राउन्डमा प्रवेश गरेको छ।
पहिलो खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रान्स फुटबल क्लब धरान का गोलकिपर विकास लामा भएका छन्। त्यसैगरी दोस्रो खेलमा कन्काई भेट्रान्स फुटबल क्लब सुरुङ्ग झापाले २–० को अन्तरले Morning भेट्रान्स फुटबल क्लब खाटखोला विराटनगर लाई हराउँदै नेक्स्ट राउन्डमा पुग्न सफल भएको छन्। दोस्रो खेलको म्यान अफ दि म्याच कन्काई भेट्रान्स फुटबल क्लब सुरुङ्ग झापा का दीपक गिरी भएका छन् ।
आइतबार को पहिलो खेल विराट भेट्रान्स सुन्दरहैचा मोरङ भर्सेस धरान पूर्वेली भेट्रान्स धरान बीच हुनेछ र दोस्रो खेल भरौल भेट्रान्स उर्लाबारी भेट्रान्स उर्लबारी मोरङ बीच हुनेछ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय