News
साफ यु–१९ च्याम्पियनसिपमा आयोजक भारतको शानदार शुरुवात
काठमाडौं । प्रतियोगिताको दावेदार मध्ये एकका रुपमा रहेको आयोजक भारतले शुक्रबारदेखि शुरु भएको साफ यु–१९ च्याम्पियनसिपमा शानदार शुरुवात गरेको छ ।
समूह बी मा रहेको भारतले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ८–० को फराकिलो अन्तरको जित दर्ता गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । यो जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।
्अरुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा भारतका लागि डेनी लाइसरमले ह्याट्रिक गरे । त्यस्तै प्रशन जाजोले दुई गोल गर्दा मोहमद अर्बाश, ओमङ्ग डोडुम र सिंगामयुम सामीले समान एक–एक गोल गरे ।
स्मरण रहोस, समूह बी मै रहेको नेपालले आफ्नो पहिलो खेल मई ११ तारीख आइतबारका दिन श्रीलंकासँग खेल्नेछ । त्यस्तै १३ मईका दिन भारतसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल