News
हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै

हेटौंडा । "राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड" भन्ने मूल नाराका साथ हेटौंडामा यु १४ नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नागस्वती फुटबल एकेडेमीको आयोजनामा आगामी बैशाख ८ गतेबाट प्रतियोगिता हुने एकेडेमीका सञ्चालक नैतिक थापाले बताए । बैशाख ६ गते भित्रमा आफ्नो टिम दर्ता गर्न आग्रह गर्दै सञ्चालक थापाले भने, टिम दर्तामा तीन हजार लाग्नेछ ।
प्रतियोगिताका विजेताले वीस हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले दश हजार नगद सहित शिल्ड प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन् । हेटौंडा ७ नागस्वतीमा अवस्थित नवज्योति माविको खेलमैदानमा प्रतियोगिता हुने सञ्चालक थापाले बताए । प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई पुरस्कृत समेत गरिने छ ।
Post Comments