News
लेटाङ फाइनलमा, उपाधिका लागि फ्युजनसँग भिड्ने
बिराटनगर । लेटाङ फुटबल क्लब, लेटाङ, मोरङ जारी पाँचौं मिल्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार जुट मिल खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा लेटाङले पेमा स्र्पोटिङ क्लब, बिराटनगरलाई ६–३ ले हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो ।
खेलमा लेटाङका किरण शंकर म्यान अफ दि म्याच घोषित भए । अब चैत्र १० गते आइतबार हुने फाइनलमा लेटाङले फ्युजन फुटबल क्लब, गाईघाटसँग उपाधिका लागि भिड्नेछ ।
मिल्स गोल्डकप फुटबल ट्रष्ट, बिराटनगर, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा