काठमाडौं । यहाँ जारी डिसीसी कप अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा चन्द्रागिरी नगरपालिका र दक्षिणकाली नगरपालिका उपाधिका लागि भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ चन्द्रागिरीले किर्तिपुर नगरपालिकालाई १–० ले हराउँदै फाइनल प्रवेश गर्यो । चन्द्रागिरीको जितमा आयुषमान श्रेष्ठले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिणकालीले तारकेश्वर नगरपालिकालाई सडन डेथमा हराउँदै उपाधि नजिक पुग्यो । निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि टाईब्रेकरबाट समेत नतिजा निस्किन नसक्दा सडन डेथमा दक्षिणकालीले ६–५ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।
यही चैत्र ९ गते शनिबार हुने फाइनलमा चन्द्रागिरी र दक्षिणकाली उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै