News फराकिलो जित निकाल्दै एपिएफ राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा
गोलनेपाल

चितवन । विभागीय टोली एपिएफ फुटबल क्लबले चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ९-० को फराकिलो जित निकालेको हो ।

भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मी कुमारी घिसिङले ह्याट्रिक गरिन् । यस्तै सरु लिम्बुले २ गोल गरिन् भने रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर र प्रतिक्षा चौधरीले एक-एक गोल गरे । ह्याट्रिक गरेकी रश्मी प्लेयर अफ दि म्याच हुँदै १० हजार रुपैँया प्राप्त गरिन् ।

एपिएफले अब सेमिफाइनलमा भरतपुर २४ को सामना गर्नेछ । भरतपुर २४ यस अघि एन्फा मकवानपुरलाई ५-० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा भोलि मंगलबार पहिलो चरणको अन्तिम खेल हुनेछ । जहाँ त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

Post Comments