सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सानदार जित निकाल्दै सप्तरीले अन्तिम चारमा स्थान बनाएको हो । सप्तरीले पुलिसविरुद्ध ३-० गोलअन्तरको जित निकालेको हो । सप्तरीका लागि विदेशी खेलाडी एलेक्सले दुई गोल गर्दा दिपेश चाम्लिङको नाममा एक गोल रह्यो ।
सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा एलेक्सले गोल गरेका हुन् । यसैगरी, पहिलो हाफको इन्जुरी समयमा दिपेश चाम्लिङले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । फराकिलो गोलअन्तरबाट जित दिलाउने क्रममा एलेक्सले ६५औँ मिनेटमा गोल गरे । सप्तरीको जितमा दुई गोल गरेका एलेक्स प्लेयर अफ दी म्याच बन्दै नगद ७ हजार ५ सय पाउन सफल भए । बुधबार मच्छिन्द्र एफसीले ममेरङकाे पथरी ११ एफसीसँग पहिलाे सेमिफाइनल खेल्नेछ ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पाँचथर क्लबले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात