काठमाडौं । लोयल्टी एकेडेमीको आयोजनामा वार्षिक रुपमा हुँदै आएको १३औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा आयोजक लोयल्टीको ३ सहित १४ टिमले प्रतिस्पर्धा गर्ने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा त्रिज्योति, चेल्सी वल्र्ड स्कुल, हिमालयन र लोयल्टी ‘ए’ तथा समूह ‘बी’ मा होली गार्डेन, लिटिल एन्जल्स, फेरिल्यान्ड र लोयल्टी ‘सी’ रहेका छन् । पिस प्वाइन्ट, इस्टपोल र गेटवे एकेडेमी समूह ‘सी’ तथा लोयल्टी ‘बी’ रिलायन्स र जगत मन्दिर समूह ‘डि’ मा छन् ।
प्रतियोगितामा यु–१२ उमेरसमूहका कक्षा ७ सम्म अध्ययनरत ४.११ फिट उचाइका विद्यार्थी सहभागी हुन पाउने छन् । सेभेन ए साइड स्वरुपमा हुने प्रतियोगिताको लिग चरणका खेल १५–१५ मिनेटको हुनेछ । नकआउट चरणका खेलहरु २०–२० मिनेट खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने लोयल्टीका इसीए इन्चार्ज ग्याल्जेन शेर्पाले जानकारी दिए ।
गत संस्करणको उपाधि पिस प्वाइन्टले जितेको थियो । त्यसअघि लिटिल एन्जल्स, आयोजक लोयल्टी र ज्ञानोदयले सर्वाधिक समान २–२ पटक उपाधि जितेका छन् । रिब्स, नेक्सस इन्टरनेसनल स्कुल, द चाँदबाग स्कुल, चिल्ड्रेन हेभेन स्कुल र सिद्धार्थ बनस्थली १–१ पटक च्याम्पियन बनेका छन् । फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बूढानीलकण्ठ नगरपालिका ९, मण्डिखाटार, एकताबस्तीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ ।
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- बिरगन्ज युनाइटेडको ग्रासरुट फुटबल सञ्चालन
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- जहदा एफसी बन्यो च्याम्पियन