काठमाडौं । उपाधिको दावेदार र साविक विजेता समेत रहेको एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको सुपर स्टेजमा अपराजित रहँदै क्वालिफायर यात्रा तय गरेको छ ।
बुधबार सुपर स्टेजतर्फको अन्तिम खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हरायो । एपिएफको जितमा रश्मी कुमारी घिसिङ र अनिता बस्नेतले गोल गरिन् । पराजित आर्मीका लागि भने अमिषा कार्कीले एक मात्र गोल फर्काएकी थिईन् ।
बुधबारको नतिजा पश्चात् ८ खेलबाट शतप्रतिशत जितका साथ २४ अंक जोडेको एपिएफ शिर्ष स्थानमा रह्यो । पराजित आर्मी १६ अंकका साथ दोस्रो स्थानमा रहँदा ११ अंक जोडेको पुलिस तेस्रो स्थानमा रह्यो । ४ अंकका साथ बागमती चौथो र ३ अंकका साथ वालिङ पाँचौं स्थानमा रह्यो ।
प्ले अफ समिकरण पनि पूरा
बुधबारको खेल समापनसँगै लिगको प्ले अफ समिकरण पनि पूरा भएको छ । जस अन्तर्गत माघ ११ गते हुने इलिमिनेटरमा नेपाल पुलिस क्लब र बागमती युवा क्लब भिड्ने छन् । त्यस्तै माघ १२ गते हुने क्वालिफायर वानमा एपिएफ र आर्मी नै आमने सामने हुनेछन् ।
त्यसैगरी क्वालिफायर टु माघ १४ गते हुनेछ भने फाइनल माघ १६ गतेका दिन हुनेछ । एन्फाका अनुसार इलिमिनेटरको खेल एन्फा कम्प्लेक्स मै हुनेछ भने क्वालिफायर र फाइनल खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित