News
महिला लिगमा वालिङको पहिलो र सान्त्वना जित
काठमाडौं । एन्फा महिला लिगतर्फ प्ले अफको होडबाट बाहिरिसकेको वालिङ नगरपालिकाले मंगलबार आफ्नो अन्तिम खेलमा जित हात पार्दै लिगको सुखद समापन गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले बागमती युवा क्लबमाथि ३–१ को जित निकाल्यो । वालिङका लागि सुष्मा तामाङले ह्याट्रिक गरीन् । पराजित बागमतीका लागि भने सारा लिम्बुले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितपछि ८ खेलबाट ३ अंक जोड्दै वालिङले लिगमा सुखद समापन गर्न सफल भयो । उता पराजयका बावजुद बागमतीको खातामा भने ४ अंक रहेको छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित