News
महिला लिगः पुलिससँग वालिङ पराजित
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित हात पार्दै आफ्नो खातामा तीन अंक जोडेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले वालिङ नगरपालिकामाथि ४–१ को जित निकाल्यो । पुलिसको जितमा पुजा राना, अनु थापा र अनुष्का शेर्पाले गोल गरिन् । थप एक गोल भने वालिङकी धना बोहराले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् । त्यस्तै वालिङका लागि एक मात्र गोल यशोदा चिरालले गरेकी थिईन् ।
यो नतिजापछि ५ खेलबाट १० अंक जोडेको पुलिस लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित वालिङ भने अंकविहीन रुपमा पुछारतिरै संघर्षरत छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित