News
शतप्रतिशत जितका साथ शिर्ष स्थानमा एपिएफ
काठमाडौं । उपाधिको बलियो दावेदार तथा साविक विजेता समेत रहेको एपिएफ फुटबल क्लबले महिला लिगतर्फ आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राख्दै शिर्ष स्थानमा पकड पनि बलियो बनाएको छ ।
शनिबार चौथो चरणको अन्तिम खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हरायो । एपिएफको जितमा अनिता बस्नेत, निशा थोकर र प्रिती राईले गोल गरीन् । पराजित आर्मीका लागि भने बिमला थापाले एक मात्र गोल फर्काएकी थिईन् ।
यो जितपछि ४ खेलबाट १२ अंक जोडेको एपिएफ शिर्ष स्थानमा छ । त्यस्तै पराजित आर्मी भने समान खेलबाट ७ अंकका साथ दोस्रो स्थानमा छ । समान ७ अंक रहेको पुलिस तेस्रो स्थानमा रहँदा ३ अंक जोडेको बागमती चौथो स्थानमा छ । अंकविहीन वालिङ भने पुछारमा छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित