News
महिला लिगमा बागमतीको पहिलो जित
काठमाडौं । एन्फा महिला लिगतर्फ शुक्रबार मोफसलका दुई टोली भिड्दा बागमती युवा क्लब, सर्लाहीले लिगको आफ्नो पहिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले वालिङ नगरपालिका, स्याङ्जालाई २–० ले हराउँदै पहिलो जित दर्ता गरेको हो । बागमतीको जितमा अस्मिता खवास र बिष्णुमाया बलले गोल गरिन् ।
यो जितसँगै बागमतीले आफ्नो खातामा चार खेलबाट तीन अंक जोडेको छ । त्यस्तै पराजित वालिङ भने अझै अंकविहीन रुपमा संघर्षरत छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित