News
विभागीय भिडन्तमा एपिएफका लागि कप्तान अनिताको ह्याट्रिक
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उपाधिको दावेदार साविक विजेता एपिएफ फुटबल क्लबले बिहीबार एकतर्फी र फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबमाथि ६–० को एकतर्फी जित निकाल्यो । खेलमा एपिएफका लागि कप्तान अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले दुई गोल गरिन् । थप एक गोल भने रेनुका नगरकोटीले गरीन् ।
यो नतिजापछि तीन खेलबाट शतप्रतिशत नतिजा निकालेको एपिएफको खातामा ९ अंक छ । उता लिगको पहिलो हार बेहोरेको पुलिससँग ४ खेलबाट ७ अंक छ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित