काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित हात पार्दा बागमती युवा क्लबले पनि महत्वपूर्ण तीन अंक जोडेको छ ।
मंगलबार दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० को फराकिलो अन्तरले हरायो । आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा बिमला बिक र अमिषा कार्कीले थप दुई–दुई गोल गरे । अर्को एक गोल भने वालिङले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।
खेलमा ह्याट्रिक गरेकी आर्मीकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याच समेत चुनिईन् । यो जितपछि ८ खेलबाट १९ अंक जोडेको आर्मी शिर्षता कै होडमा कायम छ । पराजित वालिङ भने १२ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।
मंगलबार नै भएको अर्को खेलमा बागमतीले संकटा क्लबलाई ३–१ ले हरायो । बागमतीका लागि गिफ्टी अचेमपोङले दुई गोल गर्दा थप एक गोल पुष्पा खड्काले गरिन् । पराजित संकटाका लागि भने टिमीलोपे जेनिफरले एक मात्र सान्त्वना गोल फर्काईन् ।
यो जितपछि ८ खेलबाट १० अंक जोडेको बागमती लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित संकटा भने ८ अंकका साथ लिगतालिकाको सातौं स्थानमा संघर्षरत छ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित