काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबले आ–आफ्नो दावेदारिताको लयलाई कायम राखेका छन् ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा आर्मीले बागमती युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । आर्मीका लागि बिमला चौधरी र अमिषा कार्कीले गोल गर्दा थप एक गोल बागमतीकी सन्जी थिङले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।
यो नतिजापछि ४ खेलबाट ९ अंक जोडेको आर्मी शिर्ष तीन कै होडमा छ । उता पराजित बागमतीको खातामा भने चार खेलबाट ३ अंक मात्र छ ।
त्यस्तै बिहीबार नै भएको दोस्रो खेलमा एपिएफले वालिङ नगरपालिकालाई २–१ ले हरायो । एपिएफका लागि रेनुका नगरकोटी र रश्मी घिसिङले गोल गरिन् भने वालिङका लागि सिसी एनटोङ्गोले गोल गरेकी थिईन् ।
यो नतिजापछि एपिएफको ४ खेलबाट १० अंक भएको छ । उता पराजित वालिङको खातामा भने ६ अंक छ र लिगतालिकाको मध्यतिर नै प्रयासरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित