
झापा । झापाको अर्जुनधारा १० मा १४ वर्षमुनिका खेलाडीबीच फुटबल प्रतियोगिता सुरु भएको छ । तीन दिने प्रतियोगितामा शनिबार पहिलो चरणका चारै खेल सम्पन्न भएका छन् ।
पहिलो चरणको खेलबाट सेतीपानी, सालबारी, गोलधाप र मनास्लु विजयीहुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन खेलमा सेतीपानीले १-० गोलअन्तरले कप्तानबाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
यस्तै, दोस्रो खेलमा मनास्लुले शनिश्चरेलाई पनि १-० गोलले पराजित गरेको थियो भने तेस्रो खेलमा सालबारीले सानदार जित दर्ता गर्यो । पञ्चकन्याविरुद्ध सालबारीका सोहन खत्रीले ह्याट्रिक गरेका थिए ।
अन्तिम क्वाटरफाइनल खेलमा गोलधापले कालिका युथलाई टाइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि टाइब्रेकरमा ४-२ गोलअन्तरमा गोलधापले बाजी मारेको हो ।
अर्जुनधारा १० नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आइतबार दुवै सेमिफाइनलका खेल हुनेछन् । फाइनल खेल सोमबार हुनेछ । विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी पाउने छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा