
निजगढ । यहाँ निर्माण गरिएको शहिद हिरालाल रंगशालाको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतको टोलीले अवलोकन र निरीक्षण गरेका छन् । सो अवसरमा अध्यक्ष नेम्वाङले रंगशालाको स्तरोन्नति र समग्र मधेश प्रदेश कै फुटबल गतिविधिलाई निरन्तर चलायन बनाउन आफ्नो तर्फबाट सकेको पहल गर्ने बताए । साथै सो अवसरमा अध्यक्ष नेम्वाङले त्यहाँ नियमित प्रशिक्षण लिने बाल खेलाडीहरुसँग भेटघाट र अन्तरक्रिया सaमेत गरेका थिए ।
सो अवसरमा निजगढ नगरपालिका वडा नम्बर ९ मा रहेको रंगशालाको डिपिआर अनुसारको कार्य सम्पन्न गर्न सकेमा मधेश प्रदेश कै नमूना राष्ट्रियस्तरको रंगशाला निर्माण हुने निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बताए । साथै उनले त्यसका लागि सबै खेल क्षेत्रबाट सहयोग र समन्वय गर्नुपर्ने समेत बताए ।
सोही अवसरमा एन्फाका उपाध्यक्ष दावा लामा, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामा, रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामी, बारा जिल्ला उपाध्यक्ष राजकिशोर धामी, जिल्ला खेलकुद बिकास समिति का कार्यलय प्रमुख हेम लाल श्रेष्ठ, वडा अध्यक्षहरु ज्ञान बहादुर गोले, रामचन्द्र कटुवाल, टेक बा लामा, सोनु लामा, रंगशाला ब्यवस्थापन समिती अध्यक्ष गोकुल न्यौपाने, एनएफसीका अध्यक्ष शम्भु थापामगर लगायतको उपस्थिति रहेको थियो ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा