
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारकिा कारण नेपालको खेलकुद नै ठप्प भइरहेका बेला केही फुटबल खेलाडीहरुले मिलेर वेब सिरिजमा अभिनय शुरु गरेका छन् ।
सिरिजमा कोभिड–१९ का कारण खेलकुद गतिविधी नहुँदा फुटबल खेलाडी तथा उनीहरुको परिवारले भोग्नुपरेको समस्या र दैनिकीबारे अभिनयमार्फत देखाइएको छ ।
साथै यो कठिन परिस्थतिमा खेलाडीहरुले आफ्नो दैनिकी चलाउन तथा आर्थिक जोहो गर्न के कस्तो उपाय र काम अवलम्बन गर्छन् त्यसबारे पनि अभिनय मार्फत देखाइएको छ ।
सिरिजको उल्लेखनीय पक्ष भनेकै यसमा अधिकांश फुटबल खेलाडीहरुले नै अभिनय गरेका छन् । सनिल लामा–जितेन्द्र कार्कीको निर्माण तथा मनाश्रीको निर्देशन रहेको यो वेब सिरिजमा कमल श्रेष्ठ, रवि सिलवाल, राजु नगरकोटी, आशिक थापा मगर जस्ता फुटबल खेलाडीहरुको अभियन पनि रहेको छ ।
साथै सिरिजको पहिलो इपिसोडमा नेपाल मै रहेर व्यवसायीक फुटबल खेलिरहेका अफ्रिकी खेलाडीद्वय फ्लोरेन्ट कोआरा तथा सुगन तण्डुकार, समिर तण्डुकार, सरीता भुजेल, सेबिता अधिकारी, दिकेश खड्गी लगायतको पनि अभिनय रहेको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै