काठमाडौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले हाल बन्द प्रशिक्षणमा २८ खेलाडीहरु सम्मिलित प्रारम्भिक टोली सहित प्रशिक्षण शुरु गरेका हुन ।
स्मरण रहोस, नेपालले आउँदो मई ६ तारीखका दिन बेलायतको एल्डरशटमा इङ्ल्याण्डको सी फुटबल टिमसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने कार्यक्रम छ ।
नेपालको २८ सदस्यीय प्रारम्भिक टोली:
गोलकिपर्स: किरन चेम्जोङ, विशाल सुनार, अभिषेक बराल, सन्तोष महत
डिफेण्डर्स: अनन्त तामाङ, रोहित चन्द, सनिष श्रेष्ठ, अभिषेक लिम्बू, छिरिङ लामा, बिमल पाण्डे, विशाल बस्नेत, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डर्स: भरत खवास, लाकेन लिम्बू, मनि कुमार लामा, उत्सव राई, मनिष डाँगी, फत्तेमान घले, रोहन कार्की
फरवार्डस: अन्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सन्जिव बिष्ट, राजेश परियार
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)