काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ मंगलबार सानेपा क्लब र स्पोर्टस एकेडेमी साँगाले जित हात पारेका छन् । मंगलबार भएको खेलमा सानेपाले झम्सीखेल युथ क्लबलाई ४–१ ले हरायो भने साँगाले खालीबारी युथ क्लबलाई २–१ ले निराश बनयो ।
सानेपाको जितमा पेम्बा दोर्जे लामाले दुई गोल गरे । सम्भ्रान्त सिंह डंगोलले थप एक गोल गर्दा अर्को एक गोल भने विपक्षी टोली झम्सीखेलका सौजन राईले आत्मघाती गोलका रुपमा गरेका थिए । त्यस्तै झम्सीखेलको तर्फबाट सन्देश श्रेष्ठले एक मात्र गोल गरेका थिए ।
अर्को खेलमा साँगाका लागि बिकास परियार र स्यामुएल सुनारले गोल गरे । पराजित खालीबारीका लागि भने सन्देश चौधरीले एक मात्र गोल गरेका थिए ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)