
काठमाडौं । युथ लिग आयोजना गर्नेबारे अखिल नेपाल फुटबल संघ (एन्फा) र उपत्यकाका विद्यालयहरुबीच दोस्रो बैठकसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह तथा इलिट युथ प्रमुख नविन महर्जनले युथ लिग आयोजनाबारे विद्यालयहरु समक्ष योजना र प्रस्ताव पेश गरेका थिए । र, त्यसबारे आवश्यक चर्चा र छलफल समेत गरेका थिए ।
एन्फाका अनुसार उक्त युथ लिग ए डिभिजन क्लबहरुको समन्वयमा आयोजना गरिने बताइएको छ । स्मरण रहोस, लिग आयोजनाबारे यसअघि पनि एन्फा र विद्यालयका प्रतिनिधीहरुबीच अन्तरक्रिया कायृक्रम सम्पन्न भएको थियो ।
त्यतिबmेला पनि दुवै पक्षबीच लिग आयोजना गर्ने आवश्यक छलफल तथा युथ लिगको ढाँचाबारे पनि चर्चा गरिएको थियो । रिपोर्टअनुसार एन्फाले उमेर समूहतर्फ यु–१४ र यु–१८ मा युथ च्याम्पियनसिप फुटबल प्रतियोगिता छिटै आयोजना गर्ने बताइएको छ ।
(तस्विरः एन्फा)
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै