
हेटौडा । हेटाैडामा भइरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको खेलबाट १५ नम्बर वडा र ८ नम्बर वडा सेमिफाइनलमा प्रबेश गर्न सफल भएको छ ।
गौरीटार रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर १५ ले वडा नम्बर ९ लाई ७-० को फराकिलो अन्तरले पराजित गरि सेमिफाइनलमा प्रबेश गर्न सफल भएको हो । खेलमा रिसीराम मोक्तानले चार गोल बिश्वास भोलनले दुई गोल र अनिष मोक्तानले एक गोल गरेका थिए । खेलमा ह्याटरिक सहित चार गोल गरेका रिसीराम मोक्तान नै खेलको म्यान अफ द म्याच घोषित भए र उनी प्रतियोगितामा पहिलो ह्याटि्रक गर्ने खेलाडी समेत भए ।
त्यैसैगरी आजै भएको दोस्रो खेलमा वडा नं ८ ले वडा नम्बर १४ लाई पेनाल्टी सुटआउटमा ४-२ ले परिजित गर्दै सेमिफाइनलमा प्रबेश गर्ने अन्तिम टोलि बन्न सफल भएको छ । निर्धारित समय दुई दुई गोलको बराबरिमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । खेलमा वडा नम्बर ८ का खेलाडी प्रशान्त देउला म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा खेल १२ नम्बर वडा र ८ नम्बर वडाको बिचमा र दोस्राे सेमिफाइनल खेल १५ नम्बर वडा र ७ नम्बर वडाको बिचमा हुने प्रतियोगिता संयोजक गोबिन्द नेगिले बताउनुभयो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा