
काठमाडौं । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते नागार्जुन–७ गोतामथोकस्थित खड्कुले चौरमा सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज हुने भएको छ ।
आयोजकका अनुसार खेलकुदका माध्यमबाट पर्यटन प्रवद्ध्धन र काठमाडौं जिल्लाकै उच्च स्थान १५९० मिटर उचाइमा रहेको सुन्दर खेल मैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मैत्रीपूर्ण रुपमा हुने यस प्रतियोगितामा युरोपका चर्चित लिगका चार सपोर्टर क्लब चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवद्र्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्यूचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई ३० हजार नगद पुरस्कार हात पार्ने छन् । उपविजेतालाई नगद रु. १५ हजार र विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै