News
पाँचथर गोल्डकप शुरु, आयोजकको उत्कृष्ट शुरूवात
फिदिम । शनिबारदेखि शुरु वाइवाइ चौथो पाँचथर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक पाँचथर क्लबले उत्कृष्ट शुरुवात गरेको छ ।
फिदिम माविको खेलमैदानमा भएको उद्घाटन खेलमा पाँचथरले नमो बुद्ध युथ क्लबलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।
पाँचथरको जितमा सुकराज राईले ह्याटि्रक गरेको ह्याटि्रककर्ता राई नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।
यो जितसँगै पाँचथर प्रातियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत फागुन १३ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल झापा ११ फुटबल क्लब र रेड हर्ष फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
पाँचथर क्लब, फिदिमको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश