News
पूर्व राष्ट्रिय यु–१५ खेलाडी यशोदालाई एन्फाको आर्थिक सहयोग

काठमाडौं । नेपालको पूर्व राष्ट्रिय यु–१५ महिला फुटबल खेलाडी यशोदा बोहरालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक सहयोग गरेको छ ।
गत भदौमा एन्फाको कार्यसमितिको आकस्मिक बैठकले बोहरालाई नगद ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एन्फाले तत्काल २ लाख रुपैयाँ यशोदालाई सहयोग हस्तान्तरण गरेको हो ।
एन्फाका कार्यसमिति सदस्य बिकास नारायण श्रेष्ठले यशोदालाई उक्त सहयोग रकम हस्तान्तरण गरे । स्मरण रहोस, यु(२० एसिया रग्बी सेभेन्सको प्रशिक्षणका क्रममा यशोदा गम्भिर रुपमा घाइते भएकी थिइन् ।
यशोदाले नेपालका लागि साफ यु–१५ महिला च्याम्पियनसिप खेल्दै उपाधि समेत जितेकी थिईन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)