News
नेपालले साउदीमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आउँदो फेब्रुअरी १८ देखि २८ तारीखसम्म साउदी अरेबियाको जेद्दाह शहरमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने भएको छ ।
प्रतियोगितामा आयोजक साउदीसँगै नेपाल, जोर्डन, गुआम, इराक, लेबनान, प्यालेस्टाईन र सिरियाले सहभागिता जनाउने सम्भावना छ । यद्यपि टोलीहरुको सहभागिताबारे भने आधिकारिक रुपमा छिटै जानकारी गराइने बताइएको छ । जोर्डन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो ।
स्मरण रहोस, ओलम्पिक छनौट खेले यता नेपाली महिला फुटबल टोली निश्क्रिय जस्तै छ । महिला फुटबल गतिविधी शुन्य हुँदा खेलाडीहरु पनि फुर्सदिला जस्तै थिए । अब भने नेपाली महिला फुटबल टोलीले वाफ च्याम्पियनसिप कै लागि तयारी शुरु गर्ने र त्यसमै व्यस्त हुनेछन् ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)