News
राजु तामाङको सेनामा पदोन्नती
काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजु तामाङको नेपाली सेनामा पदोन्नती भएको छ । सेनामा आवद्ध रहेर नेपाली फुटबलका लागि निरन्तर सक्रिय रहेका तामाङको सुबेदार पदमा पदोन्नति भएको हो ।
तामाङलाई आर्मी मुख्यालयमा एक कार्यक्रमका नेपाली सेनाका मेजर जनरल सन्तोष कुमार ढकालले दज्र्यानी चिन्ह लगाईदिएका थिए । पदोन्नती भएपछि देश र क्लबका लागि अझै केही गर्न हौसला मिलेको तामाङले प्रतिक्रिया दिए ।
मिडफिल्डरको भूमिकामा लामो समय नेपालको राष्ट्रिय फुटबल टोली र त्रिभुवन आर्मी फुटबल क्लबमा महत्वपूर्ण सदस्यका रुपमा रहेर फुटबल खेलेका राजु तामाङले राम्रो उपलब्धी र सफलता पनि हात पारेका थिए । हाल उनी प्रशिक्षकका रुपमा फुटबल मै सक्रिय पनि छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै