काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसका लागि थप अभ्यासका लागि दक्षिण कोरिया जाने भएको छ । सो कुराको आधिकारिक रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ ।
एन्फाका अनुसार नेपाली फुटसल टोलीले दक्षिण कोरियामा तीन दिन तयारीसँगै अभ्यास गर्नेछ । साथै तीन दिने बसाईका क्रममा नेपाली फुटसल टोलीलाई आवश्यक सहयोग गर्न एन्फाले एनआरएनए दक्षिण कोरियालाई अनुरोधसहित पत्राचार गरेको छ । एनआरएनए दक्षिण कोरियाबाट टोलीलाई आवश्यक सहयोग मिल्ने अपेक्षा पनि एन्फाले गरेको छ ।
कोरिया बसाईका क्रममा नेपाली फुटसल टोलीले अक्टुबर २ र ४ तारीखका दिन दक्षिण कोरियाली फुटसल क्लबहरुसँग मैत्रीपूर्ण म्याच खेल्ने पनि एन्फाले जनाएको छ । त्यसपछि नेपाली टोली ५ अक्टुबरका दिन मंगोलियातर्फ प्रस्थान गर्नेछ ।
आउँदो अक्टुबर ७ देखि ११ तारीखसम्म मंगोलियामा हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले आयोजक मंगोलियासँगै बलियो भियतनाम र दक्षिण कोरिया विरुद्ध खेल्नेछ ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान