उर्लाबारी । पथरीशनिश्चरे नगरपालिका, मोरङले आफ्नो १३औं नगरसभाको अवसर पारी नगरका पाँच फुटबल खेलाडीहरुलाई नगदसहित सम्मानित गरेको छ । नगरपालिकाले नगर क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यवसायीक फुटबल खेलिरहेका पाँच खेलाडीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा दिपक राई, सरु लिम्बु, दिपा न्यौपाने, पुनम चेम्जोङ र रुपा धिमाल रहेका छन् । दिपक र दिपा पथरीशनिश्चरे वार्ड नम्बर १ का वासिन्दा हुन् भने सरु लिम्बु वार्ड नम्बर ४ की स्थानीय वासिन्दा रहेकी छिन् । त्यस्तै पुनम र रुपा क्रमशः वार्ड नम्बर ७ र १० का स्थानीय वासिन्दा हुन् ।
ती पाँच खेलाडीहरुलाई एक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्बापो र उपप्रमुख देवीमाया काफ्लेले जनही नगद २५ हजार, सम्मानपत्र र दोसल्ला ओडाई सम्मानित गरेका हुन् ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा