News
जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा
बिराटनगर । संघर्षपुर्ण जितका साथ जावलाखेल युथ क्लब यहाँ जारी बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा जावलाखेलले दावेदार त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यसअघि शहिद रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा जावलाखेल युथ क्लबका सिमान्त थापा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत चैत ११ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब र ड्रुक ल्हायुल एफसी, भुटानबीच हुने आयोजकले जानकारी दियो ।
यही चैत १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० लाख १५ हजार हात पार्नेछ भने उपविजेताले १० लाख ५१ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय