News
दुधौली मेयर कपः वार्ड नम्बर ७ को जित
दुधौली । यहाँ जारी दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ७ ले साँघुरो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
दुधौली स्थित बहुमुखी क्याम्पस खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ७ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध १ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबारको प्रिक्वाटरफाइनल खेल वार्ड नम्बर १० र वार्ड नम्बर ४ बीच हुने आयोजकले जानकारी दियो ।
दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न