
काठमाडौं । भारतीय महिला फुटबल टोलीकी महत्वपुर्ण स्ट्राइकर बालादेवी विश्वचर्चित स्कटिस क्लब रेन्जर्स एफसीको महिला टोलीमा आवद्ध भएकी छिन् । रेन्जर्समा आवद्ध भएसँगै २९ बर्षे बालादेवी अन्तर्राष्ट्रिय मैदानमा व्यवसायीक फुटबल खेल्ने पहिलो भारतीय महिला फुटबल खेलाडी बनेकी छिन् ।
साथै उता रेन्जर्सले पनि क्लब इतिहासमा पहिलोपटक एसियन खेलाडीलाई अनुन्ध गरेको हो । रिपोर्टअनुसार बालादेवीले रेन्जर्सका लागि गत नोभेम्बरमा ट्रायल दिएकी थिइृन् । ट्रायलमा उनको प्रदर्शनबाट प्रभावित भएको रेन्जर्सले बालादेवीलाई १८ महिनाका लागि अनुबन्ध गरेको छ ।
👏 This will make Bala the first Indian woman to become a professional footballer anywhere in the world and she also becomes Rangers’ first Asian international footballer.
— Rangers Women (@RangersWFC) January 29, 2020
👉 Learn More: https://t.co/Z6qojndUTv pic.twitter.com/35sQ5vXjUh
रेन्जर्सको आधिकारिक वेबसाइटमा प्रकाशित खबरअनुसार बालादेवीले यसै सिजनबाट क्लबका लागि खेल्ने बताएको छ । स्मरणीय छ, रेन्जर्सको पुरुष फुटबल टोली लिभरपुल र इङल्याण्डका पूर्व लिजेण्डरी मिडफिल्डर स्टिभन जेरार्डले म्यानेजरको जिम्मेवारी सम्हालिरहेका छन् ।
स्मरण रहोस, हालै पोखरामा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ स्वर्णका लागि भएको फाइनल भिडन्तमा भारतले नेपाललाई १–० ले हराउँदा बालादेवीले नै एक मात्र निर्णायक गोल गरेकी थिईन् । त्यतिबेला भारत बालादेवी कै कप्तानीमा उत्रिएको थियो ।
भारतको राष्ट्रिय टोलीमा सन् २०१० मा डेब्यु गरेकी बालादेवीले राष्ट्रिय टोलीका लागि किर्तिमान ५८ खेलमा ५२ गोल गरेकी छिन् । यो गोलसंख्यासँगै भारतीय महिला फुटबल टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उनको नाम शिर्ष स्थानमा समेत छ ।