के एफ टि सी यु-१४ सिटी लिगको खेलाडी किनबेच (अक्सन्) विहिवार कांकरभिट्टा, झापामा सम्पन्न भएको छ ।
६४ जना खेलाडी रहेको अक्सनमा विभिन्न ४ टोलीले खेलाडी अनुबन्ध गरेका छन् ।
जसअन्तर्गत खेलाडीहरुलाई ‘ए’, क्याटोगोरीमा ४ जना मार्की खेलाडीसहित ८ जना, बी’ र ‘सी’ क्याटागोरीमा २८/२८ जना खेलाडीहरू थिए। ‘ए’ क्याटागोरीको खेलाडीलाई न्युनतम् १५०० देखि अधिकतम २०००, ‘बी’ क्याटागोरीको खेलाडीलाई न्युनतम १००० देखि अधिकतम १५०० र ‘सी’ क्याटागोरिको खेलाडीलाई न्युनतम ५०० देखि अधिकतम १००० रुपैयाँ सम्मको खरिद गर्ने प्रावधान राखिएको थियो ।
अक्सनमा सबैभन्दा बढी मूल्यमा आयुस राई अनुवन्धित भएका छन् । उनलाई क्लासिक वरियर्सले १ हजार ९ सय रूपैंयामा किनेको हो । अक्सनमा ह्याप्पी क्लव,संगम एफसी,राइजिज्ं बोइज एफसी र क्लासिक वरियर्स सहभागी भएका थिए ।
फुटबल सेन्टरका उपाध्यक्ष एवम सिटी लिगका संयोजक नवराज ओलीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन भुमिका सुब्बाले गरेकी थिइन् ।
कार्यक्रममा सेन्टरका सल्लाहकार गंगालाल गुरुङ, काकरभिट्टा खानेपानीका अध्यक्ष राजकुमार पराजुली, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर वस्नेत लगायतको उपस्थिती रहेको थियो ।
कांकरभिट्टा फुटबल ट्रेनिड् सेन्टरको आयोजनामा यु-१४ सिटी लिग फुटबल प्रतियोगिता यही जेठ १४ गतेदेखी काकरभिट्टा खेलमैदानमा हुदैंछ ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने सेन्टरका अध्यक्ष मिन बस्नेतले बताए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा