News
ऐतिहासिक महिला फुटबल प्रतियोगिता हुँदै
अमलेखगंज । बारा जिल्लामा राष्ट्रियस्तरको खुला नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको छ । श्री सिद्धबाबा युवा क्लब, अमलेखगंज–२२ बाराको आयोजनामा आजदेखि प्रथम ऐतिहासिक महिला फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा आयोजक श्री सिद्धबाबा युवा क्लब र फ्याफुल्ला युवा क्लबबी हुनेछ । कुल आठ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल यहि असोज २६ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- बकुलिया युवा क्लबलाई तेस्रो करैयामाई गोल्डकपको उपाधि
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट