बिराटनगर । चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुर जारी नोबेल मेडिकल कलेज ३८औं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौंलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । शहिद रंगशालामा भएको खेलको २२औं मिनटमा समिर तामाङले गरेको एक मात्र गोल चर्च ब्वाईजको जितमा निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता समिर तामाङ प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र ३० गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।
बिराट गोल्डकप फुटबल ट्रस्ट, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ५ गतेका दिन हुनेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा