News
एपिएफ फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने
त्रियुगा । उत्कृष्ट जितका साथ उपाधिको बलियो प्रत्याशी आँकिएको एपिएफ फुटबल क्लब जारी रेडबुल एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
उदयपुरको थरुहट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले संकटा फुटबल क्लबमाथि ३–० को उत्कृष्ट जित निकाल्दै फाइनलमा आफ्नो यात्रा तय गरेको हो । खेलमा एपिएफकी मनमाया दमाई प्लेयर अफ दि म्याच बनिन् ।
अब एपिएफले यही फागुन ९ गते हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित