News
नवलपुरमा एन्फा यु–१८ लिगका लागि खेलाडी छनौट कार्यक्रम हुँदै
कावासोती । नवलपुरको कावासोतीमा आउँदो एन्फा यु–१८ युथ लिगका लागि खेलाडी छनौट कार्यक्रम हुने भएको छ । चर्च ब्वाईज युनाइटेड, नवलपुर एफसी र डायमण्ड युथ सोसाईटीको संयुक्त आयोजना तथा व्यवस्थापनमा यही पुष १९ गतेका दिन खेलाडी छनौट कार्यक्रम हुन लागेको हो ।
मोफसलबाट क्षमतावान युवा खेलाडीहरुलाई युथ लिगमा अवसर प्रदान गर्न छनौट कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै छनौट कार्यक्रम कावासोती–१२, नवलपुर स्थित राजमन्दिर खेलमैदानमा बिहान १० बजेदेखि शुरु हुने समेत आयोजकले जानकारी दियो ।
विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9821000645 | 9849165982 | 9812291730 | 9811528511 मा सम्पर्क गर्न सकिनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा