रतुवामाई | मंसिर १२ रतुवामाई नगरपालिकामा यस वर्षको बहुप्रतिक्षित चौथो मेयर कप फुटबल प्रतियोगिता २०८२ आजबाट आकर्षक र उत्साहपूर्ण माहोलका बीच सुरु भएको छ।
नगरपालिका तथा युवा तथा खेलकुद समितिको मुख्य आयोजनामा हुने यो प्रतियोगितामा नगरका १० वटै वडाहरूको सहभागिता रहेको छ, जसले स्थानीय फुटबल प्रतिभाहरूलाई उजागर गर्ने एउटा प्रमुख मञ्चको रूपमा स्थापित हुँदै आएको छ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी, समाजसेवी तथा क्लब प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रह्यो। वातावरण उत्साहपूर्ण थियो र दर्शकहरूको भीडले प्रतियोगिताको लोकप्रियता स्पष्ट देखियो।
पहिलो दिनको मुख्य आकर्षण वडा नं. ८ र वडा नं. ९ बीच भएको रोमाञ्चक भिडन्त थियो। खेलको सुरुदेखिनै आक्रमक शैलीमा उत्रिएको वडा नं. ९ ले खेलभरि उत्कृष्ट तालमेल, गति र प्राविधिक क्षमताको प्रभावशाली प्रदर्शन गर्यो।
खेलमा वडा नम्बर ९ ले वडा नम्बर ८ लाई २–० को अन्तरले हरायो । वडा नम्बर ९ को जितमा दुवै गोल विवेक परियारले गरे । निर्णायक दुई गोल गरेका वडा नम्बर ९ का विवेक परियार नै म्यान अफ दि म्याच चुनिए ।
नगर युवा तथा खेलकुद समिति, रतुवामाई नगरपालिका, मोरङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले १ किलो चाँदी र १ तोला सुनले बनेको आकर्षक ट्रफीसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल मंसिर १७ गतेका दिन हुनेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा