News
पथरीशनिश्चरे गोल्डकपमा सहयोग सकलन सुरुवात
पथरी । पथरी–११ फुटबल क्लबको आयोजनमा मिति २०८२ कार्तिक १५ गते देखि २२ गते सम्म सञ्चालन हुने दोश्रो पथरीशनिश्चरे गोल्डकपलाई हङकङबाट सहयोग प्राप्त भएको छ ।
पथरीशनिश्चरे परिवार हङकङले सबै खेलको म्यान अफ द म्याच प्रायोजन स्वरुप रु. ७० हजार आर्थिक सहयोग सस्थाका वरिष्ठ सल्लाहकार बसन्त कुमारी राई, सदस्यद्वय मोहन लिम्बु र राजकुमार गुरुङको उपस्थितिमा क्लबलाई हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा पथरीशनिश्चरे परिवार हङकङका अध्यक्ष श्री राकेश पोमु लिम्बु लगायत सम्पुर्ण पदाधिकारी साथै सदस्य ज्युहरुलाई पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन बिकले आभार र धन्यवाद समेत व्यक्त गरेका थिए ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय