काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य तथा स्टार मिडफिल्डर प्रिती राईले पनि विदेशी क्लबबाट व्यवसायीक फुटबल खेलने भएकी छिन् ।
प्रितीले जोर्डन वुमन्स प्रो लिग च्याम्पियन इतिहाद क्लबका लागि व्यवसायीक फुटबल खेल्ने भएकी हुन् । प्रिती इतिहाद क्लबमा अनुवन्ध भएको कुरा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले पनि जानकारी दिए । योसँगै प्रितीले विदेशी लिग खेल्ने पक्का भएको छ ।
सन् २०२३ र २०२४ को जोर्डन महिला लिग च्याम्पियन समेत रहेको इतिहादले अगस्तमा शुरु हुन गईरहेको एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा समेत छ । समूह सी मा रहेको इतिहादले आयोजक मलेसियाको केलना युनाइटेड, सिंगापुरको लायन सिटी सेलर्स र किर्गिस्तानको एफसी एसियागोलसँग खेल्ने कार्यक्रम छ ।
त्यसो त प्रितीले क्लब फुटबल खेल्दै आएको टोली एपिएफ पनि एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता खेल्दैछ । समूह बी मा रहेको एपिएफले थाइल्याण्डको कलेज अफ एसियन स्क्लर्स, घरेलु टोली उज्वेकिस्तानको नसाफ र साउदी अरेबियाको अल नासरसँग खेल्ने कार्यक्रम छ ।
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा सङ्कटाको फराकिलो जित