News साफ यु–२० महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशको शानदार शुरुवात
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि बंगलादेशमा शुरु भएको साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशले फराकिलो जितका साथ प्रतियोगितामा शानदार शुरुवात गरेको छ ।

ढाकामा सम्पन्न उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ९–१ को फराकिलो अन्तरले हरायो । बंगलादेशको जितमा मोसम्ममत सगोरिकाले ह्याट्रिक गरिन् । त्यस्तै मुन्की अख्तरले दुई गोल गरिन् भने सपना रानी, सिन्हा सिखा, रुपा अख्तर र शान्ती मर्दीले समान १–१ गोल गरे । उता श्रीलंकाका लागि भने वसोथरन लयनसिकाले एक मात्र गोल सान्त्वना गोल फर्काइन् ।

श्रीलंकाले अब आफ्नो दोस्रो खेलमा १३ जुलाई आइतबारका दिन भुटानको सामना गर्नेछ । त्यस्तै सोही दिन बंगलादेश र नेपाल पनि आमने सामने हुनेछन् । दक्षिण एसियाका चार टोलीहरु सहभागि प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । प्रतियोगिताको शिर्ष टोली च्याम्पियन बन्नेछ ।

Post Comments