News
एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि महत्वाकांक्षी एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता आधिकारिक रुपमा शुरु भएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको पहिलो दिन सम्पन्न दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरे ।
उद्घाटन तथा दिनको पहिलो खेलमा मनाङले श्री भगवती क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गर्यो । त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा आर्मीले हिमालयन शेर्पा क्लबमाथि ३–१ को जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्यो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले संयुक्त रुपमा गरेका थिए ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा