मिक्लाजुङ । विभागीय टोली एपिएफ पकली, सुनसरी यहाँ जारी प्रथम सुन्दरी चोक कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा एपिएफले सयपत्री ब्वाईज युनियन क्लबलाई ५–१ को अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । शहिद स्मृति खेलमैदानमा भएको खेलमा एपिएफका लागि सुजन पुलामीले दुई गोल गर्दा प्रदिप लामा, पुष्प राना मगर र दिपेश धिमालले एक–एक गोल गरे । उता पराजित सयपत्री ब्वाईज युनियनका लागि पुजन चौधरीले एक मात्र गोल गरेका थिए ।
खेलमा दुई गोल गरेका एपिएफका सुजन पुलामी म्यान अफ दि म्याच समेत घोषित भए । एपिएफले अब यही जेठ १० गते हुने फाइनलमा चुलाचुली स्र्पोटिङ क्लब, झापासँग उपाधिका लागि भिड्नेछ ।
सुन्दरी चोक टोल विकास तथा सरसफाई समिति, मिक्लाजुङ, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा