AFC/FIFA रियल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौ (एजेन्सी) । पुर्व विजेता तथा स्पेनिस जायन्ट रियल मेड्रीड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रियलले सातौं प्रीक्वाटरफाइनलतर्फ इटालियन क्लब युभेन्टसलाई १-० ले हराउँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

अमेरिकी शहर फ्लोरिडामा सम्पन्न खेलमा रियलका लागि २१ वर्षिय युवा फरवार्ड गोन्जालो गार्सियाले दोस्रो हाफको ५४औं मिनेटमा गरेको एकमात्र गोल स्पेनिस जायन्टलाई क्वारफाइनल पुर्‍याउन निर्णायक गोल बन्यो ।

रियलले अब ५ जुलाईका दिन हुने क्वाटरफाइनलमा बुधबार बिहान हुने अन्तिम प्रीक्वाटरफाइनलतर्फ जर्मन क्लब बोरुसिया डर्टमुण्ड र मेक्सिकन क्लब मोन्टेरे बीचको विजेतासँग खेल्नेछ ।

 

Post Comments