ANFA
प्याराडाइज चौथो भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर । प्याराडाइज युथ क्लब रत्ननगर चौथो पेन्गुईन भरतपुर - २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको पहिलो चरणको तेस्रो खेलमा रामपुर फुटबल क्लब रड्सलाई हराँउदै प्याराडाइज सेमिफाइलमा प्रवेश गरेको हो ।
प्याराडाइजको जितमा सन्दिप रानाले निर्णायक गोल गरे । उनले खेलको सुरुवती मिनेटमा नै गोल गर्दै प्याराडाइजलाई अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक बन्यो । उनी नै प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगितामा भोलि मंगलबार पहिलो चरणको अन्तिम खेल हुनेछ । जसमा सूर्यपुर एफसी र मकवानपुर भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर - २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

Post Comments
Related News
- तेह्रथुमकी सेमिहाङमा साफ गेम खेल्न बंगालादेश जॉदै
- केलाङ मेला तेह्रथुमको उपाधि चुलाचुली स्पोर्टिङ क्लब दमक झापालाई
- केलाङ मेला तेह्रथुमः उपाधिका लागि चुलाचुली र सम्दुको भिडन्त पक्का
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो